‘नेकपालाई विभाजनको दिशामा जान दिन्नँ’



१५ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि (नेकपा) सचिवालय सदस्य माधवकुमार नेपालले पार्टीलाई विभाजनको दिशामा जान नदिने बताएका छन्।

वागमती प्रदेश नेकपा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै नेता नेपालले ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने दावी गर्दै यसलाई विभाजनको दिशामा जान नदिने बताएका हुन्।

“ तपाईँहरु यहाँ आउदा धेरै आशंका लिएर आउनुभएको छ। पत्रपत्रिकाको समाचारले दिमाग खराब भएको होला।” नेता नेपालले भने, ‘यहाँबाट जाँदा उर्जा लिएर जानुहुनेछ।’

अहिले नेकपाभित्र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लाने वा नलाने भन्ने विषयमा विवाद छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्डसहित माधव नेपाल र झलनाथ खनालले बामदेव गौतमलाई अघि सारेका छन्।

यही कारण नेकपा विभाजित हुन सक्ने आशंका बढेका बेला नेता नेपालले यस्तो अभिव्यक्ति दिएका हुन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्