महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसः के गर्मी सुरु भएसँगै निस्कृय हुन्छ त?



१५ फागुन २०७६, काठमाडौं

पछिल्लो समय कोरोना भाइरसले विश्वलाई नै त्रसित बनाईरहेको बेलामा विभिन्न राजनीतिक क्षेत्रका मानिसहरु र चिकित्सकहरुले गर्मी मौसमको सूरुवातसँगै कोरोना भाइरस पनि निस्कृय हुने दावी गरेका छन्।

चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले यत्तिबेला दक्षिण कोरिया र जापान सहित मध्यपूर्वका देशहरुमा समेत यसले प्रभाव पारिरहेको छ।

गएको मंगलबार मात्रै इरानका उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो। त्यपश्चात् उनलाई अहिले क्वारेन्टाइनमा राखिएको छ।

इरानका कार्यबाहक स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका उनी सरकारको प्रवक्तासँगै पत्रकार सम्मेलनमा बसिरहेको बेलामा निरन्तर खोकी लागेपश्चात् अस्पताल लैजाँदा कोरानाको संक्रमण देखिएको हो।

पछिल्लो समय गर्मी मौसम सुरु भएसँगै कोरोना भाइरस गर्मी मौसममा निस्कृय हुने समाचार चर्चामा छ। विश्व यतिबेला कोरोना भाइरसको उपचार खोज्मा नै व्यस्त छ।

सोही खोजीको क्रममा केही चिकित्सकहरु एवं अन्वेषकहरूले ग्रीष्म ऋतुमा भाइरसको प्रभाव कम हुने आशा देखाएका छन्।

विश्वका विभिन्न मुलुकका राष्ट्रप्रमुखहरुले समेत कोरोना भाइरसबारे चासो राख्दै यसको छिटो समाधान खोजीका लागि सरोकारवाला निकायलाई घच्घच्याईरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुमै कोरोनाभाइरस अप्रिलसम्ममा अन्त्य हुने बताएका थिए।

उनको तर्क यो थियो कि त्यस्ता भाइरसहरू गर्मीमा मर्छन् र यसको प्रकोप अन्त्य हुन्छ। गर्मीमा सुधारको अपेक्षा गर्ने ट्रम्प एक मात्र नेता होइनन्।

बेलायतका स्वास्थ्यमन्त्री म्याट हृयान्ककले पनि ग्रीष्म ऋतुमा भाइरसको प्रसार कम हुने उल्लेख गरेका छन ।

भारतको फोर्टिस अस्पतालको पल्मोनोलजी र स्लीप डिसअर्डर सम्बन्धी विभागका निर्देशक तथा प्रमुख विकास मौर्यले पनि यही तर्कमा जोड दिएका छन्।

“कोरोनोभाइरस जंगली जनावरबाट आएको भाइरस हो। यो संक्रमण जाडोमा देखा परेको र श्वासप्रश्वाससँग जोडिएको विषय हो।

उनले एक वर्षमा कम्तिमा दुई पटक भाइरल संक्रमण देखा पर्छ। एउटा मौसमको संक्रमण प्रायः अर्को मौसममा बदलिने गर्दछ।

त्यसैले, यो पनि गृष्म ऋतुको सुरुवातसँगै अन्त्य हुने आशा उनी लगायत अरु पनि विश्लेषकहरुको छ।

अहिले विश्वभरी आतंकित बनाएको कोरोना भाइरस चीनबाट दक्षिण कोरिया र जापान तिर सरेपश्चात् रोजगारीको सिलसिलामा रहेका नेपालीहरु र उनीहरुका परिवारहरु अहिले त्रसितमा छन्।

झण्डै ४४ हजार नेपाली कामदारहरु रहेको कोरियामा फैलिएको संक्रमणले नेपालीहरु समेत त्रसित छन्।

नोबेल कोरोनाभाइरसबाट अहिलेसम्म चीनमा २५०० भन्दा बढी मानिस मरिसकेका छन् भने यो रोगबाट दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्