नेकपा बागमती प्रदेशले एकताको काम टुंग्यायो : पार्टीको सबै शक्ति प्रशिक्षण र जनपरिचालनमा केन्द्रित गरिने



१४ फागुन २०७६ काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश संगठन कमिटीको पहिलो सचिवालय बैठक तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसी प्रदेश स्तरीय विभागहरु र मोर्चा संगठनको जिम्मेवारी सर्वसम्मत रुपमा टुङ्ग्याएको छ।

बैठकको प्रमुख आतिथ्यता प्रदेश कमिटी ईन्चार्ज अष्टलक्ष्मी शाक्यले गर्नुभएको थियो भने अध्यक्षता कमिटीका अध्यक्ष नारायण दाहाल,संचालन सचिव आनन्द पोखरेल र स्वागत सह-ईन्चार्ज हितमान शाक्यले गर्नुभएको थियो।

बैठकमा अध्यक्ष नारायण दाहालले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सांगाठानिक प्रतिवेदन तथा विभाग गठनबारे सचिव आनन्द पोखरेल,पार्टी केन्द्रको निर्देशनमा देशभरी संचालन हुने पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियानकोको बारेमा प्रदेशले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो।

बैठकमा प्रदेश माताहतका १३ जिल्लाका जिल्ला स्तरीय रिपोर्टिंग सहित फागुन मसान्त सम्म अभियानको सफलताको लागि प्रशिक्षण सम्पन्न गर्ने निर्णय समेत गरेको छ।

प्रदेश कार्यालय कमिटीमा छलफल गरी आजको सचिवालय बैठकमा प्रस्तावित प्रतिवेदन र जिम्मेवारीबारे सचिवालय बैठकबाट पारित भईसकेकोले पर्सि १६ गते बस्ने प्रदेश संगठन कमिटीको पूर्ण बैठकले आवश्यक सल्लाहरसुझाव सहित प्रतिवेदन र जिम्मेवारीबारे अनुमोदन गर्ने प्रदेश सचिवालय श्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्