जनयुद्धका प्रथम शहिद रम्तेलको २५ औं स्मृतिमा अनेरास्ववियूद्वारा दीप प्रज्वलन (फोटो फिचर)



१४ फागुन २०७६ काठमाडौं

अनेरास्ववियू केन्द्रीय समितिको आयोजनामा जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको २५ औं स्मृतिमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

माईतिघर मण्डलामा सम्पन्न भएको दीप प्रज्वलन कार्यक्रममा सम्बोदन गर्दै अनेरास्ववियूका संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङले माओवादीलाई सघाएको आरोपमा चार कक्षामा अध्ययनरत रम्तेललाई विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेको बताए । सहसंयोजक तामाङले आजभन्दा २५ वर्ष अगाडि गोरखाको पुन्द्रुङस्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत रम्तेललाई तत्कालीन माओवादीले जनयुद्धको पहिलो शहिद घोषणा गरेको समेत बताए ।

शहिदकै बलिदानका कारणले आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संस्थागत भएको विद्यार्थी नेताहरुले बताएका थिए । शिक्षा, स्वास्थ्य, रोजगार लगायतका संविधान प्रदत्त मौलिकहकहरु नागरिकको जीवनमा लागु गराउन सक्नु नै शहिदहरुप्रतिको सम्मान भएको नेताहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्