‘जनयुद्धबिना गणतन्त्र सम्भव थिएन’



१४ फागुन २०७६, काठमाडौं

अनेरास्ववियूकी नेत्री पञ्जा सिंहले जनयुद्धबिना गणतन्त्र सम्भव नभएको बताएकी छिन्।

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको सम्झनामा अनेरास्ववियू र युवा संघद्वारा गोरखामा आयोजित कार्यक्रममा बोल्दै नेत्री सिंहले जनयुद्धबिना गणतन्त्र सम्भव नभएको बताएकी हुन्।

“महान् जनयुद्धबिना आज नेपालमा गणतन्त्र सम्भव थिएन।”नेत्री सिंहले भनिन्, ‘महान् जनयुद्ध र यसको वलिदानीका कारण नेपालमा राजनीतिक परिवर्तण सम्भव भएको हो।’

यस्तै नेत्री सिंहले जनयुद्धका प्रथम शहीद रम्तेल पनि अझै जीवित नै रहेको बताइन्।

आजकै दिन (०५२ फागुन १४) तत्कालीन माओवादीले शुरु गरेको सशस्त्र जनयुद्धका क्रममा गोरखाका ११ वर्षीय दिलबहादुर रम्तेल जनयुद्धका प्रथम शहीद भएका थिए।

प्रतिक्रिया दिनुहोस्