गर्भावस्थाको यी गल्तीले जन्मिन्छ शिशु अपाङ्ग



१४ फागुन २०७६, काठमाडौं

गर्भावस्था यसकारण पनि रोमान्चक हुन्छ कि, ‘पैदा हुने बच्चा कस्तो होला?’ आफ्नो गर्भमा हुर्किरहेको बच्चाको रुपरंग कस्तो होला?

यस्त-यस्तै कौतुहलताले मनलाई उथलपुथल बनाइरहेको हुन्छ।

यससँगै अज्ञात भय हुन्छ। ‘जन्मने बच्चा सग्लो त होला? कुनै शारीरिक कमजोरी पो हुने हो कि?’ यस किसिमको चिन्ता हुनु स्वभाविक पनि हो।

हरेक गर्भवती महिलाले गर्भाधारण गर्नासाथै आफ्नो गर्भमा हुर्किरहेको बच्चा तन्दुरुस्त र स्वस्थ जन्मियोस् भन्ने कामना गर्दछन्।

आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने उनको चाहना हुन्छ।

तर, बेलाबखत केही जटिलताको कारण जन्मैदेखि नै बच्चामा केही समस्या देखिन सक्छन्।

चिकित्सकहरुका अनुसार गर्भावस्थाको क्रममा भएका सानो भन्दा सानो गल्तीले पनि बच्चा अपांग हुन सक्छन्।

पर्याप्त पौष्टिक आहार नलिनाले

क्याल्सियम र भिटामिन डिको कमीको कारणले पनि गर्भमा हुर्किरहेको शिशुमा केही कमीहरु देखिन्छन्।

विशेषज्ञहरुको कुरा मान्ने हो भने गर्भावस्थाको क्रममा महिलाहरुको शरिरमा धेरै खालका परिवर्तनहरु हुन्छन्।

यसमा हार्मोनल परिवर्तन पनि मुख्य हो। यसैकारण उनीहरुलाई समय–समयमा केही विशेष खान मन लाग्छ।

जस्तैः अमिलोपिरो, चटपटे, कुनै विशेष परिकार इत्यादि।

गर्भावस्थामा यस्तो गर्नाले आमालाई त सन्तोष दिन्छ तर, बच्चामा यसको नकरात्मक प्रभाव पर्न जान्छ।

जसले उनीहरुमा अपाङ्गताको खतारलाई बढाइदिन्छ।

गर्भावस्थाको क्रममा निम्न कुरालाई ख्याल राखेर आफ्नो हुनेवाला शिशुलाई अपाङ्गताबाट बचाउन सक्छ।

सबै जरुरी जाँच गराउनुहोस्

गर्भाधारण गर्न चाहनुहुन्छ भने ३ महिना पहिलेदेखि नै गर्भावस्थाको तयारी सुरु गर्नुपर्दछ।

तीन महिना पहिले सबै आवश्यक परिक्षण जस्तैः थाइराइड, सिस्ट आदिको परिक्षण गराउनुहोस्।

साथै गर्भावस्थाको ३ महिना पहिले नै महिलाहरुले फोलिक एसिडको सेवन गर्नुपर्दछ।

फोलिक एसिडको सेवनले बच्चा र आमामा रगतको कमी हुँदैन। र यसको कारणले पछि कुनै समस्या हुँदैन।

भाइरल संक्रमणबाट बच्नुहोस्

गर्भावस्थाको क्रममा आमा यस्ता मानिसहरुसँग टाढा हुनुपर्दछ।

जसलाई भाइरल इन्फेक्सन भएको छ। यसैकारण चिकित्सकहरुले महिलाहरुलाई भिडभाड भएको ठाँउमा नजान भन्छन्।

सार्वजनिक स्थानमा कैयौं खालको संक्रमणको चपेटामा आएमा यसको असर भ्रुणमा पर्छ।

शान्त वातावरणमा रमाउनुहोस्

गर्भावस्थाको क्रममा महिलाहरुलाई धेरै होहल्ला भएको माहोलमा रहनु हुँदैन। यसले बच्चाको सुन्ने शक्ति कम हुन सक्छ।

एक अध्ययनको रिपोर्टमा यो कुरा अगाडि आएको छ कि ध्वनी प्रदुषणले गर्भमा हुर्किरहेको बच्चाको श्रवणशक्ति प्रभावित हुन्छ।

यस्ता बच्चाको बोल्ने क्षमतामा पनि असर पर्छ। किनभने बच्चाले जबसम्म केही सुन्दैनन् उनीहरुको उच्चारण गर्ने क्षमता विकसित हुँदैन।

मदिरा र धुम्रपानबाट टाढा बस्नुहोस्

यदि तपाईं गर्भवती हुनुहुन्छ भने स्वस्थ जीवनशैली अपनाउनु पर्ने हुन्छ। यदि तपाईंमा मदिरा सेवन वा धुम्रपान गर्ने बानी छ भने आजैदेखि छोडिदिनुहोस्।

मदिराको पिउने लतले गर्भ तुहिन सक्छ वा भ्रुणको विकास रोकिन सक्छ। मदिराको कारणले बच्चाको व्यवहारमा पनि समस्या हुन सक्छ। यस बाहेक धुम्रपानको कारणले बच्चालाई कैयौं समस्याहरु हुन सक्छन्।

जस्तैः जन्मदेखि नै कम तौल हुनु, समयभन्दा पहिले नै बच्चा जन्मिनु जस्ता समस्याहरु देखिन्छन्।

कोल्ड ड्रिंक र प्याकेज्ड जुस नपिउनुहोस्

गर्भावस्थामा जुस पिउनु पाइदाजनक हुन्छ तर, फ्रेस जुसको सट्टा प्याकेज्ड जुस पिउनाका कैयौं खतरा पनि छन्।

बाहिरका जुसमा ब्याक्टेरिया हुन सक्छन्। त्यस्तै, कोल्ड ड्रिंकमा उच्च मात्रामा प्रिजर्भेटिभ्सको प्रयोग भएको हुन्छ।

बाहिरको खाना नखानुहोस्

गर्भावस्थाको क्रममा शरिरमा हुने परिवर्तनको कारणले केही चटपटे खानेकुरा वा जिब्रोलाई स्वाद हुने खानेकुरा खान मन लाग्छ।

तर, बच्चाको स्वास्थ्यको लागि तपाईंले आफ्नो जिब्रोलाई केही नियन्त्रणमा राख्नुपर्छ।

खासगरि पिज्जा, बर्गर, स्ट्रिट फुड, चटपटे, पानीपुरी इत्यादिको सेवन नगरेकै राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्