आहा…! सल्लेरीमा हिउँ [तस्वीरमा हेर्नुस्]



१४ फागुन २०७६, काठमाडौं

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बाक्लो हिमपात भएको छ।

मंगलबार (हिजो) रातिदेखि सल्लेरीसँगै आसपासका क्षेत्रमा बाक्लो हिमपात भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्।

केही दिनदेखि निरन्तर वर्षा भइरहेको सल्लेरीमा हिमपातसँगै चिसो ह्वात्तै बढेको छ।

सल्लेरीसहित पत्ताले, पिके डाँडालगायतका क्षेत्रमा भएको हिमतापका कारण त्यहाँबाट राजधानीसँगै अन्य ठाउँको लागि छुटेको सवारी साधनहरु प्रभावित भएका छन्।

तस्वीर सौजन्य : प्रमोद श्रेष्ठको फेसबूक

प्रतिक्रिया दिनुहोस्