घरमा ठोक्कियो ट्रक, घर र ट्रक क्षतिग्रस्त



१४ फागुन २०७६, तनहुँ

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना भएको छ ।

दुर्घटनामा घर र ट्रक दुवै क्षतिग्रस्त भएका छन्। आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको हो ।

घरमा कोही पनि नभएकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्