राष्ट्रपति आउने भएपछि सार्वजनिक विदा



१४ फागुन २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी आउने तय भएपछि बैतडीको पाटन नगरपालिकाले बिहीबार (आज) सार्वजनिक विदा दिने निर्णय गरेको छ।

राष्ट्रपति भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

नगर–कार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले बिहीबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए।

“राष्ट्रपति भण्डारीको स्वागतमा नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो।” प्रवक्ता भण्डारीले भने,

तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्