
१४ फागुन २०७६, काठमाडौं
नेपाल प्रहरीमा सक्षम र इमान्दार अधिकृतको छवि बनाएका पूर्व डीआइजी रमेश खरेलले नयाँ दल खोल्ने भएका छन्।
पार्टीको औपचारिक घोषणा बिहीबार (भोलि) हुने बताइएको छ। भ्रष्टाचार विरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने खरेलको भनाइ छ।
पार्टी स्थापनाको उद्देश्यले उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका छन्। खरेल संयोजक रहेको अभियानमा देवेन्द्र सिटौला, ज्ञानेन्द्र शाहीलगायत पनि आबद्ध छन्।
खरेलको पार्टीमा पूर्व प्रशासक, पूर्व सुरक्षाकर्मी, पूर्व प्राध्यापकलगायतलाई पनि समेटिने बताइएको छ। खरेलले गत २०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि आफ्नो पदबाट राजीनामा दिएका थिए।





