नेकपा अध्यक्षद्वयबीच छलफल जारी



१४ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी छ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्तावलगायत विषयमा दुई अध्यक्षबीच बालुवाटारमा छलफल जारी रहेको प्रधानमन्‍त्री एवं नेकपा अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार छलफल एमसीसी सम्बन्‍धमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदन, गौतमलाई राष्ट्रिय सभामा लैजाने शनिबारको प्रस्ताव, संविधान संशोधनका लागि गठन गरिएको भनेको कार्यदलबारे केन्द्रित छ।

यसलगत्तै (बुधबार) आजै नेकपा सचिवालय बैठक बस्‍ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्