गगन थापाले भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न अनेरास्ववियू अध्यक्षको माग



१३ फागुन २०७६, काठमाडौं

अनेरास्ववियूका केन्द्रिय अध्यक्ष ऐन महरले नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापामाथि भ्रष्टाचारको आरोप लगाउँदै तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

महरले परिवर्तन खबरसँगको कुराकानीमा भने, ‘अहिले पनि छानबिन गर्ने हो भने काँग्रेसका धेरै नेताहरु भ्रष्टाचारमा मुछिनेछन् । त्यसमा गगन थापाको नाम अग्रपंक्तिमा आउँछ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी नियुक्ती गर्दा १४ करोड भ्रष्टाचार गरेको कुरा बाहिर आईरहेको छ ।’

सरकारले गरेका राम्रा कामहरु आफूले खुलेर प्रचार गर्ने मात्र नभई गलत कामहरुको खुलेर विरोध गर्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्