नेपाली सद्भावबाट चिनियाँ राजदूत यान्छी प्रफुल्लित



१३ फागुन २०७६, काठमाडौं

नेपाल चीन हिमालय मैत्री समाज र फाउण्डेशन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिजले कोरोना भाइरसविरुद्ध लडिरहेको छिमेकी चीनलाई नेपाली नागरिकहरुको तर्फबाट ‘हामी साथमा छौं’ भन्ने ब्यानरसहित संकलित हस्ताक्षर पूर्वमन्त्री आनन्द पोखरेलले चिनियाँ राजदूत होउ यान्छीलाई हस्तान्तरण गरेका छन् ।

हिजो साँझ बसन्तपुर डबलीमा आयोजित दीप प्रज्वलन तथा हस्ताक्षर संकलन कार्यक्रमका सहभागीहरुले कोरोना भाइरस विरुद्धको लडाइँमा सफलता प्राप्त गर्न लागेको चीनलाई ऐक्यबद्धता जनाउन नेपाली नागरिकको तर्फबाट हस्ताक्षर गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिव आनन्द पोखरेल, केन्द्रिय सदस्य तथा संघीय सांसद राजेन्द्र गौतम सहितको टोलीले चिनियाँ दुतावास बालुवाटार पुगी १५ सय हस्ताक्षर भएको कपडा हस्तारण गरेको थियो ।

हस्ताक्षर बुझ्दै चिनियाँ राजदूत यान्छीले संकटको बेला नेपाल सरकार र नेपाली जनताले चिनियाँ सरकार र जनताप्रति देखाएको सहयोग र सदभावप्रति आभार व्यक्त गर्दै नेपाल चीन सम्बन्ध अझ प्रगाढ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरिन् ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा चीनमा फैलिएको कोरोना भाईरस संक्रमणको कारण नेपाली पर्यटन उद्योगमा परेको प्रभावप्रति चिन्ता व्यक्त गर्दै कोरोना निर्मुलपछि नेपाल भ्रमण वर्ष सफल बनाउन चिनियाँ दुतावास र सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।

यो पनि पढ्नुहोस् :

कोरोना भाईरस संक्रमण मुक्त गर्नु मानवीय चुनौती हो : पूर्वमन्त्री पोखरेल

प्रतिक्रिया दिनुहोस्