
१३ फागुन २०७६, काठमाडौं
मादी गाउँपालिका कार्यक्षेत्र भएका सव–इन्जिनियर नवलेस कुमार रौनियारलाई चालीस हजार घुस सहित पक्राउ गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला कास्की गाउँपालिका वडा नं. ९ का सेवाग्राहीसँग सव–इन्जिनियर रौनियारले घुस लिएको भनी कास्कीबाट प्राप्त पत्र तथा संचारमाध्यममा प्रसारित सामाग्री समेतलाई आधार मानी उनलाई पक्राउ गरिएको हो ।
सव–इन्जिनियर रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।





