
१३ फागुन २०७६, काठमाडौं
थाइल्याण्ड स्थित नेपाली राजदुतावासले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्ने उद्देश्यले थाइ ट्राभल एजेन्टस एशोसिएशनको सहयोगमा थाइ ट्राभल तथा टुर एजेन्सीका प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।
अन्तरक्रियामा एशोसिएशनका प्रतिनिधि सिटचाइ उदोमकिचानकुलले सहभागीहरुलाई स्वागत गर्दै नेपाल भ्रमण वर्ष २०२० को सफलताको कामना गरेका थिए ।
कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले नेपाल भ्रमण वर्षको उद्देश्य तथा आकषर्णबारे सहभागीहरुलाई जानकारी गराउनुका साथै नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको जानकारी गराउँदै सहभागीहरुलाई आ–आफ्नो एजेन्सी मार्फत धेरैभन्दा धेरै पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्न अनुरोध गरेका छन् ।





