
१३ फागुन २०७६, काठमाडौं
प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ सहितको टोलीले चक्रपथ बिस्तार आयोजना अन्तर्गतको ढल विकास बारे सितापाईला र अन्नपूर्ण चोकमा छलफल गरेका छन् ।

छलफलमा सांसद श्रेष्ठ सहित चक्रपथ बिस्तार आयोजना प्रमुख अमृत मनि रिमाल, काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डंगोल, कामपा १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धर, नागर्जुन नगरपालिका वडा नं. ४ का वडाध्यक्ष करुण कुमार बलामी लगायत स्थानीय जनप्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो ।






