ललितपुरमा मेयर महर्जनको पुतला जलाइयो



१३ फागुन २०७६, काठमाडौं

ललितपुरमा मेयर चिरीबाबु महर्जनको पुतला जलाइएको छ ।

ललितपुर महानगरपालिकाकै आगाडि र्वोच्च अदालतको अन्तरिम आदेशविपरीत पुल्चोकस्थित मदन स्मारक बिद्यालयको खेल मैदान मासेर पर्खाल लगाएको भन्दै स्थानीयले मंगलबार मेयरको पुतला जलाएका हुन् ।

दरबार टोल विकास संस्थाका तर्फबाट वामदेव ज्ञवालीले दायर गरेको रिटमा सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलागेसम्म विद्यालय हाताभित्रको खुला क्षेत्रमा कुनै संरचना निर्माण नगर्न आदेश दिएको थियो  ।

नगरपालिकाले पुल्चोक–पाटन ढोका सडक विस्तार गर्ने नाममा विद्यालयको खेलमैदान भत्काएर नयाँ पर्खाल लगाउन थालेको हो । स्थानीयले महानगरविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय ललितपुरलगायतका निकायहरूमा उजुरी समेत दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्