विवाह गरेको तीन मिनेटमै डिभोर्स



१२ फागुन २०७६, काठमाडौं

कुवेतमा एक जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएका छन्।

यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ।

डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लनेबित्तिकै बेहुलीले डिभोर्स गरेकी हुन्।

अदालतमा जाँदै गर्दा चिप्लिएपश्चात् आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन्।

सामाजिक सञ्जालमा ती पुरुषले महिलाको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै महिलाको समर्थनमा उत्रिएका छन्।

एकजना ट्विटरमा प्रतिक्रिया दिँदै लेख्छन्, ‘सुरुमै यस्तो व्यवहार गर्नेसँग छुट्टिनु नै उत्तम हुन्छ।’

प्रतिक्रिया दिनुहोस्