
१३ फागुन २०७६, काठमाडौं
कालिकोटको कर्णाली नदीमा जीप खस्दा चालक बेपत्ता भएका छन्।
दैलेखको गुराँस गाउँपालिका–४ का १९ वर्षीय चालक चक्रबहादुर खड्का बेपत्ता रहेको प्रहरीले जनाएको छ।
जिल्लाको रास्कोटबाट यात्रु ल्याएर जीतेगडा झारेको लु १ ज ४१४१ नम्बरको जीप रास्कोटतर्फ फिर्ता हुनका ब्याक गर्ने क्रममा जीप कर्णाली नदीमा खसेको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।
ब्याक गर्ने क्रममा गाडी खसेको हो, चालकसहितको गाडी पूरै डुबेको डिएसपी ओलियाको भनाई छ, गाडी निकाल्न प्रहरी र आवश्यक सामग्री त्यहाँ पठाइएको छ।





