
१२ फागुन २०७६, काठमाडौ
नेपाल परिवार दलका अध्यक्ष पूर्वमन्त्री एकनाथ ढकालले बिगतमा दुइदलबीच भएको सहमति कार्यान्वयनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाललाई ध्यानाकर्षण गराएका छन् ।
गत निर्वाचन अघि नेकपा एमालेसँग चुनावी कार्यगत एकता गर्ने गरी तीनबुँदे सहमती भएको थियो । सो अनुसार परिवार दलले नेकपा एमाले र माओवादी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने र चुनाबपछि परिबार दललाई संसदमा प्रतिधित्व गराउने सहमति भएको थियो ।
परिवार दलले हालै भएको राष्ट्रियभा निर्वाचनमा पनि नेकपालाई सहयोग गरेको थियो । सो अबसरमा अध्यक्ष दाहालले बिगतमा पार्टीसँग भएको सहमतिलाई आफुले सकारात्म्क रुपमा लिने जानकारी गराएका छन् ।
भेटमा नेकपाका महासचिब बिष्णु पौडेल, परिपार दलका महामन्त्री बिनोद डाँगी, प्रबक्ता सन्तोष पौडेल लगायतका नेता उपस्थित थिए ।





