ट्रम्पको सुरक्षामा २२ किलोमिटर टाढासम्म सुरक्षाकर्मी तैनाथ



१२ फागुन २०७६, काठमाडौं

भ्रमणका लागि भारत पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि २२ किलोमिटर टाढासम्म सुरक्षाकर्मीहरु तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

राष्ट्रपति बनेपछि पहिलो पटक भारत पुगेका ट्रम्पको सुरक्षामा भारत सरकारले २२ किलोमिटर टाढासम्म सुरक्षाकर्मीलाई तैनाथ गरेको हो।

ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत पुगेका हुन्। अमेरिकामा चुनावी वर्ष शुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन्।

भेटमा दुई देशका प्रमुखबीच व्यापारिक सम्भौता हुने बताइएको छ। यही कारण ट्रम्पको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।

तस्वीर श्रोत : इन्डिया टुडे

प्रतिक्रिया दिनुहोस्