फेवातालमा डुंगा पल्टिँदा कपनका एक युवक वेपत्ता



१२ फागुन २०७६, पोखरा

फेवातालमा डुंगा पल्टिँदा एक युवक वेपत्ता भएका छन्।

लाइफ ज्याकेट नलगाई तीन युवक डुंगामा सयर गरेका सोमबार मध्यान्ह एकाएक तालमा डुबेका हुन् । २ युवकको शकुसल उद्दार गरिएको छ भने एक युवक वेपत्ता भएको छ ।

डुंगामा पानी भरिएपछि एकाएक पल्टिँदा काठमाडौं महानगरपालिका–१० कपन बस्ने वर्ष २७ को सुविन चालिसे र वर्ष २८ को रुपेश अधिकारीको शकुसल उद्दार गरिएको हो। उनीहरुसँगै डुबेका कपनकै वर्ष २७ का रामशरण लुईटेल (सुमित) वेपत्ता भएका बैदाम चौकीका डिएसपी यादव ढकालले जानकारी दिएका हुन् ।

डुंगा पल्टेको जानकारी पाउनासाथ शसस्त्र प्रहरी गणको रेस्क्यू टिमले उनीहरुको उद्धार गरेको थियो। तालमा डुंगा चलाउँदा लाइफ ज्याकेट अनिवार्य भएपनि युवाहरुले नलगाएको  हो , साथै उद्धार भएका युवाहरुको भने अस्पतालमा उपचार भईरहेको ढकालको भनाई छ।

बेपत्ताको खोजि कार्य भईरहेको छ, डुंगा डुबेकोबारे अनुसन्धान पनि भईरहेको ढकाललले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्