प्रधानमन्त्री ओलीलाई मनोज गजुरेलको कडा व्यङ्गय



Manoj Gajurel & KP Oli

१२ फागुन २०७६, काठमाडौं

चर्चित हाँस्यव्यङ्गय कलाकार मनोज गजुरेलले जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले काटेको नेपालको नक्सा अंकित केकप्रति मार्मिक व्यङ्गय गर्दै आफ्नो पूरानो गीत “जन्म दिनको केक जस्तो होईन मेरो देश” शेयर गरेका छन् ।

नेपाली कला संस्कृति र राष्ट्रियताको सवालमा चट्टान झैँ उभिने हाँस्यकलाकार गजुरेलको व्यङ्गय प्रधानमन्त्री सचिवालयले गरेको जन्मदिन महोत्सवको केक विषयमा असन्तुष्टि नै जनाएका छन् । प्रधानमन्त्री ओलीका समर्थकहरु पश्चिमा देशहरुमा केक काट्ने प्रचलन रहेको बताउँदै विरोधीले मुद्दा नपाएर जन्मदिनको केकको विषयमा अनावश्यक विवाद निम्त्याएको बताई रहँदा नेपाली संस्कृति र परम्परालाई माया गर्नेहरु झन् बेखुशी देखिन्छन् ।

बेखुशी हुनेको पङ्गतीमा उभिएका कलाकार गजुरेलले सामाजिक संजाल फेसबुकमा, प्रधानमन्त्रीज्युलाई ‘Happy Birth Day’ भन्न फोटो खोज्दै गर्दा मेरो पुरानो भिडियो भेटियो- ‘जन्मदिनको केकजस्तो हैन मेरो देश’ ।’ ठिक त्यसैबेला देश आकारको केक’ काटिँदै गरेकाे समाचार सार्वजानिक भयो । उद्देश्य जतिसुकै राम्रो भएपनी देश, काल, परिस्थिति मिलेन भने त्यो भद्धा मजाकमात्र हुन्छ । हेर्नेलाई जोक हुन्छ । गर्नेलाई बिजोग हुन्छ । यो बिजोगको परिकल्पना जसले गर्यो उसले प्रधानमन्त्री पदको कद बढाएन, आशा र अपेक्षाका संभावनाहरू घटाएको छ । बिरोध र बदनामीको नम्बर थपिएको छ । प्रधानमन्त्रीज्यु, सहयोगी र सत्ताभोगी चिन्नुस् । सल्लाहकार र हल्लाकार छुट्याउनोस् ।
शुभचिन्तक र शक्तीचिन्तक पत्ता लाउनोस् । त्यो भन्दा मुख्य कुरो
आफ्नो विवेक प्रयोग गर्नोस् । आजलाई Happy Birth Day Prime Minister . फेरि भन्नू नपरोस् What is this prime minister ??  भनी लेखेका छन् ।

हाँस्यकलाकार गजुरेलले शेयर गरेको गीतको बोल : 

(मेरो देश)४ मेरो मेरो मेरो देश
मेरो मेरो मेरो मेरो मेरो देश
मेरो देश………………………..

जन्मदिनको केक जस्तो होइन मेरो देश
ग्वाप्प काट्यो क्वाप्प खायो पहाड मधेश
(च्वाट्ट खाट्यो बाँडी खायो पहाड मधेश)२
(जन्मदिनको केक जस्तो होइन मेरो देश)२

मेरो देश…………………………
विश्वकपको मैदान होइन सार्वभौम देश
दुनियाँ आउने सिर्के लाउने काला गोरा भेष
विश्वकपको मैदान होइन सार्वभौम देश
(होइन होइन होइन होइन होइन मेरो देश)२

मेरो देश…………………………………
भाई फुटाई राष्ट्र टुटाई
मार्नुहुन्न देश
(जनता होइन टुर्नामेन्टको बाघचाल र चेस)२
भाई फुटाई राष्ट्र टुटाई
मार्नुहुन्न देश
मेरो देश मेरो देश मेरो देश मेरो देश

मेरो देश……………………………..
भाउजुको दाउजो दाईको अंश होइन देश
(भिन्न जाती भिन्न भाषा मातृभूमि एक)३
भाउजुको दाइजो दाईको अंश होइन देश
मेरो देश……………………….

गजुरेलको फेसबुक स्टाट्स

प्रतिक्रिया दिनुहोस्