एमसीसी अनुमोदन नगर्न सभामुखलाई ज्ञापनपत्र



१२ फागुन २०७६, काठमाडौं

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेतृत्वको नौ दलीय गठबन्धनले एमसीसी संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुख अग्नी प्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको छ।

सोमबार (आज) सिंहदरबारमा सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसीसी अनुमोदनका लागि दवाव दिएको बताए।

पूर्वसांसद सीपी गजुरेलसहितका नेताहरुले सभामुखलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझेपछि सभामुख सापकोटाले एमसीसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले आफ्नो क्षेत्राधिकार अनुसार नै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्