सभामुख सापकोटा र कतारी राजदूतबीच भेटवार्ता



१२ फागुन २०७६, काठमाडौं

प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलबीच भेटवार्ता भएको छ।

सोमबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबार नै पुगेर राजदूत युसुफले सभामुख सापकोटालाई भेटेका हुन्।

भेटमा कतारमा रहेका नेपाली कामहरुको योगदानको राजदूतले खुलेर प्रशंसा गरेका थिए।

सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगादनको उनले प्रशंसा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्