श्रीमानले यौन सम्बन्ध नराखेपछि आत्महत्या गरेकी श्रीमतीको त्यो नोट, जसले संसारलाई रुवायो…



११ फागुन २०७६, काठमाडौं

मृत्यु रोज्नुअघि उनले फेसबुकमा सुसाइड नोट लेखेकी थिईन्।

उक्त सुसाइड नोटले भारत लगायत सामाजिक सञ्जालमा लामो समयदेखि चर्चामा रहिरह्यो।

नयाँ दिल्ली, आफ्नो श्रीमान समलिङ्गी भएपश्चात् अल इन्डिया मेडिकल इन्सिच्युट (एम्स) की डाक्टर प्रिया वेदीले सुसाइड नोट लेख्दै आत्महत्या गरेको घटनाले संसारभर चर्चा पायो।

हृदयविदारक सुसाइट नोट लेख्दै डाक्टरले आफ्नो प्राण त्यागेकी उनको पिडाले साँच्चै नै आज संसारलाई रुवायो।

विवाहपश्चात् सजाएका सपना सबै भता-भुङ्ग भएपछि जीवन मरुभूमिमा परिणत भएको भन्दै आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले फेसबुकमा लेखेको सुसाइड  नोट यस्तो थियोः हेल्लो, म पछिल्लो पाँच वर्षदेखि डा.कमल वेदीसँग दाम्पत्य जीवन बिताइरहेकी छु।

दाम्पत्य जीवनको महत्वपूर्ण अंश शारीरिक सम्बन्ध हो। तर यो हामीबिच कहिल्यैं भएन। विवाहको ६ महिनासम्म मैले आफूलाई सामान्य रुपमा सम्हाले।

त्यसपश्चात् मेरो मनमा आउन थाल्यो, ‘आजसम्म किन शारीरिक सम्बन्धका लागि मेरा श्रीमान् तयार भएनन्?’

एकदिन मैले फेक इमेल आइडी भेट्टाएँ। जसको माध्यमबाट मेरा श्रीमान् समलिंगीहरुसँग कुरा गर्थे, पोर्न साइटहरु हेर्न गर्थे।

यो इमेलमा रहेका सबै म्यासेज हामीले विवाह गर्नु पहिलेका थिए। जब मैले यसबारे श्रीमानसँग कुरा राखेँ। उनले भने, ‘मेरो इमेल कसैले ह्याक गरिदिएको छ।’

मनमा शंका राखेरै मैले उनको कुरामा विश्वास गरेँ। त्यसपश्चात् भने उनले मसँग ८ देखि १० पटकसम्म यौनकर्ममा लिन हुने असफल प्रयास गरे।

मैले यो कुरा कसैलाई बताउन सकिनँ। किनभने म उनीसँग प्रेम गर्थेँ। लाग्थ्यो, एकदिन सबै कुरा ठिक हुन्छ। परिस्थिति यतिमैँ सिमित रहेन।

बरु उल्टै उनले मेरो परिवार र ममा खोट रहेको आरोप लगाउन सुरु गरे। मलाई मानसिक रुपमा प्रताडित गर्दै जान थाले। म चाहिँ उनकी श्रीमतीका रुपमा आफूलाई उभ्याएर हरेक कुरा सहन थालेँ। उनले स-साना कुरामा पनि मलाई निकै दुःख दिए।

करिब एक महिना पहिले उनले भनेका थिए। म समलिंगी हुँ वा बाइसेक्सुअल हुँ। म विश्वस्त छु, उनी समलिंगी थिए किनकी मसँग रहँदा उनमा कहिल्यैं उत्तेजना भएन।

उनी आफ्नो पुरुष साथीसँग भने यौनको भरपुर आनन्द उठाउन सक्थे। काश्मिरमा रहेका उनका यौन पार्टनर फेक इमेल आइडीबाटै उनीसँग जोडिएका थिए।

हाम्रो समाजमा अरु पनि कोही यस्तै छौ भने प्लिज केटीसँग विवाह नगर्नू। म श्रीमतीका रुपमा त्यो समस्याबाट उन्मुक्ति दिलाउन मद्दत गर्न चाहन्थेँ।

तर, उनले भने मलाई सताइरहे। गएको रात मेरा लागि यति भयाबह भयो कि, मैले निर्णय गरेँ अब उनीसँग जीवन जिउन सक्दिनँ।

अन्तमा डा. वेदी म तिमीलाई धेरै प्रेम गर्छु। तर, तिमीले मेरा सारा खुशी निमोठिदियौ। तिमी सैतान हौं। जसले मेरो जीवन बर्बाद बनायो।

हाम्रो समाजमा अरु पनि कोही यस्तै छौँ भने प्लिज केटीसँग विवाह नगर्नू। कोही समलिंगी यस्तो गर्छ भने ऊ त्यो केटीको मात्रै होइन, घरपरिवार र आफन्तको भावनामाथि पनि खेलवाड हो।

डा.बेदी मैले तिमीबाट केही चाहिनँ। यदि मैले केहि चाहेकी भए के म पाँच बर्षसम्म तिमीसँग हुन्थे र?

बस, यत्ति चाहेकी थिएँ, तिमीसँगै सधैँ रहन पाउँ। किन, थाहा छ? म तिमीलाई हदभन्दा बढी माया गर्थेँ।

तिमी यस्तो कुरा कहिल्यै महशुष गर्न सक्दैनौं। किनकि तिमी एक अपराधी हौँ।

प्रियाले दिल्लीको एक होटलमा आराम गर्ने भन्दै पंखामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्