संसद बैठक अवरुद्ध नगर्ने कांग्रेससहित तीन दलबीच समझदारी



१२ फागुन २०७६, काठमाडौं

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मंगलबार बस्ने प्रतिनिधि सभाको बैठक अवरुद्ध नगर्ने भएको छ।

सोमबार (आज) कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कांग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको बैठकमा संसद अवरुद्ध नगर्ने विषयमा समझदारी भएका हो।

कांग्रेसकी सचेतक पुष्पा भुसालले तीन दलबीचको बैठकमा मंगलबारको प्रतिनिधि सभा बैठक अवरुद्ध नगर्ने समझदारी भएको बताइन्।

तीन दलले मंगलबारको बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्ने बताइएको छ।

संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने देखेर तीनै दलले आफ्नो कुरा संसदमा राख्ने तय भएको भुषालको भनाइ छ।

कांग्रेसले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरणको विरोध गर्दै संसद अवरुद्ध गर्दै आएको छ। यस्तै यो प्रकरणमा प्रधानमन्त्रीको समेत धारणा माग गर्दै को छ।

तीन दलबीच सरकारविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने विषयमा समेत समझदारी भएको छ।

प्रतिक्रिया दिनुहोस्