मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा



१२ फागुन २०७६, काठमाडौं

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका दिएका छन्।

९४ वर्षीय मोहम्मदले शक्ति संघर्षबीच राजालाई राजीनामा पत्र बुझाएका हुन्।

पछिल्लो समय मोहम्मदको कार्यकालमा भारतसँगको व्यापारिक सम्बन्धमा चिसोपना आएको थियो।

खासगरी कश्मीर प्रकरणमा मोहम्मदले दिएका अभिव्यक्तिका कारण भारतले मलेसियाबाट आयात हुने पाम आयलको आयात रोकेको थियो।

जसका कारण मलेसियाको अर्थतन्त्र प्रभावित हुने विश्लेषण भएको थियो।

उनले प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै उनको पार्टीले सत्तारुढ गठबन्धन पनि त्यागेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भने मलेसियामा शक्ति संघर्ष उत्कर्षमा पुगेको र सोही कारण मोहम्मदले राजीनामा दिएका जनाएका छन्।

उनी दुई वर्षपहिले भएको निर्वाचनमार्फत् मलेसियाको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्