
१२ फागुन २०७६, काठमाडौं
ललितपुरमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका ८ बालकुमारी खरिबोटस्थित सडकमा बा.३८ प ८३५७ नम्बरको मोटरसाइकल आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक काठमाडौं लाजिम्पाट बस्ने ३१ वर्षीय दिवस किशोर भट्टराई र मोटरसाइकलमा सवार ३२ वर्षीया ललिता राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि बी एण्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।





