बालिकालाई जबरजस्ती करणी गरेर फरार



११ फागुन २०७६, काठमाडौं

बाँकेको कोहलपुरमा बालिकालाई जबरजस्ती करणी गरेर एक व्यक्ति फरार भएका छन्।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर स्थानीय ३० वर्षीय भोजबहादुर थापा फरार भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

शनिबार साँझ साथीहरुसँग खेलिरहेको अवस्थामा बालिकलाई थापाले जबरजस्ती करणी गरेको पीडित परिवारले बताएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्