
११ फागुन २०७६, काठमाडौं
प्रहरी बर्दीमा टिकटक बनाएको भिडिओ भाइरल भएपछि सई रत्नबहादुर थापालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कारबाही गरेको छ।
थापामाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बोलाइ कारबाही गरिएको डीआइजी विश्वराज पोखरेलले बताए।
त्यहाँ इञ्चार्जको रुपमा रहेका थापा तुरून्तै कारबाहीको लागि यता तानिसकिएको साथै उनको ठाउँमा अर्को इञ्चार्जलाई पठाइसकिएको डीआइजी पोखरेलले बताएका छन्।
भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ भने अर्को भिडिओमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको छ।
डिआइजीका पोखरेलका अनुसार उनकी श्रीमतीले पेस्तोल बोकेर भिडिओ बनाए पनि थापाले अनुमति दिएको हुँदा उनीमाथि कारबाही हुनेछ। उनीमाथि छानबिन तथा सोधपुछ गरी कारबाही गरिनेछ।





