जनताको बिकास र समृृद्धिका लागी ‘जनता दर्शन’



११ फागुन २०७६, वीरगंज

समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं संघीय सांसद प्रदीप यादवले ‘जनता दर्शन’ कार्यक्रमअन्तर्गत आज (आईतबार) भवानीपुरको जनतासँग भेटघाट गरेका छन् ।

उक्त क्षेत्रभित्रका जनताको समस्या बुझी समाधानका निम्ति संसददेखी सडकसम्म सधै जनताको  विकास र समृद्धिको कुरा उठाई रहने सांसद यादवले आफ्नो क्षेत्रमा पर्ने वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुरको समस्याबारे स्थलगत अवलोकन गरेका हुन् ।

पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद यादवले ‘‘जनता दर्शन’’ कार्यक्रम अन्तर्गत विभिन्न ठाउँको समस्या पहिचान गरी समाधान पनि गरिसकेका छन् । केही दिन अगाडी सांसद यादवले वीरगंज महानगरपालिका–२० अपौनीमा ४० लाखको लागतमा खेलकुद मौदान निर्माण स्थलको शिलान्यास गरेका थिए भने वीरगंज मनपाकै वडा नं. १८ मा नै पर्ने ईनार्वामा ४५ लाखको लागतमा पोखरी सौन्दर्यीकरण तथा छठघाट निर्माणस्थलको शिलान्यास गरेका थिए ।

यससँगै उनले वीरगंजको राधमाईस्थित रहेको रामजान्कि मन्दिर निर्माण कार्यको पनि शिलान्यास गरेका थिए । यस्तै उनले पर्सा क्षेत्र नं. १ मा पर्ने विभिन्न गाउँ ठाउँमा संबिधानले संघीय सांसदलाई दिएको अधिकार अन्तर्गतको विकास निर्माणको कार्य गरी कम उमेरमै जनताको मन छुने लोकप्रिय, जोशिला एंव विकास प्रेमी नेताको रुपमा स्थापित हुन पुगेका छन् ।

सधै जनताको सम्पर्कमै रहने गरेका सांसद यादव खाली समयलाई पनि विशेष रुपमा सदुपयोग गर्नका लागि ‘अपनेके सांसद, अपनेकेद्वार’ नाराका साथ जनता दर्शन कार्यक्रम सुरु गरेको कार्य पर्साको इतिहासमै पहिलो हो । आफ्नो क्षेत्रका हरेक जनताको घरमा पुगेर समस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने योजना सहितको अठोट लिई अगाडी बढिरहेको उनले गरिरहेको कार्यबाट देख्न सकिन्छ ।

यसै कार्यक्रम अन्तर्गत भवानीपुर गाउँमा जाँदा त्यहाँ स्कूल निर्माण, समसानघाट निर्माण, पोखरी सौन्दर्यीकरण, सडक ढलान लगायतको समस्या स्थानीयबाट आएको छ । उनले स्थानीयद्वारा आएको समस्या चाँडै नै समाधान गर्ने प्रतिबद्धता समेत दिएका छन् ।

आफू जनप्रतिनिधि भएको हुनाले जनताका हरेक समस्याको समाधान गर्न आफु तत्पर रहेको उनले बताए । उनले भने, ‘जनता दर्शन कार्यक्रममा आएका समस्या कहाँबाट समाधान हुन्छ, त्यहाँ सम्बन्धित व्यक्ति लिएर आफैं पुग्छु, चाहे केन्द्र होस्, प्रदेश होस् या स्थानीय तह नै किन नहोस् सबै ठाउँमा आफैँ पुगेर त्यसको समाधानका लागि प्रयास गरी आफ्नै पालामा आफ्नो क्षेत्रलाई समृद्ध देख्न चाहने रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्