
११ फागुन २०७६, काठमाडौं
एक प्रहरी सइले बर्दीमै पेस्तोल देखाएर टिकटक बनाएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बोलाइएको छ।
भक्तपुरमा कार्यरत प्रहरी सइ रत्नबहादुर थापा र उनकी श्रीमतीको बर्दीमै टिकटक भिडिओ सार्वजनिक भएपछि डीआइजी विश्वराज पोखरेलले कार्यालयमा झिकाएका हुन्।
दुवै प्रहरीलाई कार्यालयमा बोलाएर गतिविधिको बारेमा बुझेर मात्रै कारबाही गर्ने पोखरेलको भनाइ छ।
दुई टिकटक भिडिओ दिलुमगर ९१ अकाउन्टबाट सार्वजनिक भएको छ। एक भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ भने अर्को भिडिओमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको छ।





