‘भ्रष्टाचारले वैधानिकता पाउने सम्भावना बढ्दैछ’



११ फागुन २०७६, काठमाडौं

नेपाल सरकारको पूर्व सचिव शारदाप्रसाद त्रितालले भ्रष्टाचारले वैधानिकता पाउने सम्भावना बढ्दै गएको उल्लेख गरेका छन्।

बालुवाटारको सरकारी जग्गा अनियमितता छानविन गरी सार्वजनिक गर्न आड गर्ने पूर्व सचिव त्रितालले भ्रष्टाचारले वैधानिकता पाउने सम्भावना बढ्दै गएको उल्लेख गरेका हुन्।

संसदमा पेश भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित हुने सम्भावना बढेर गएको भन्दै त्रितालले भ्रष्टाचारले वैधानिकताले पाउने सम्भावना बढ्दै गएको उल्लेख गरेका हुन्।

“यदि ती दुवै विधेयकहरु पारित भए भने कानूनतः भ्रष्टाचारले वैधानिकता पाउने छ र अहिलेको तुलनामा कैयौं गुणा भ्रष्टाचार बढ्ने छ।” पूर्व सचिव त्रितालले आफ्नो आधिकारिक फेसबूक अकाउण्ट्मा लेखेका छ्न, ‘अनि नियन्त्रण गर्ने विषय झन कठिन हुनेछ।’

यस्तै उनले हाल संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलहरुको विगत र वर्तमान हेर्दा ती विधेयकहरु बहुमतले पारित हुने सम्भावना रहेको भन्दै खेद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्