महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेशको शुभारम्भ



११ फागुन २०७६, काठमाडौं

उपत्यकामा संचालित प्रहरी संयुक्त मेश सुधार अभियान अन्तर्गत आज एक कार्यक्रमका बिच महानगरीय प्रहरी वृत्त गौशालामा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले गरेका छन् ।

प्रहरी संयुक्त मेशको निर्माण र सुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरस पालना एवं कार्यान्वयन गरी संयुक्त मेश निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने महानगरीय प्रहरी वृत्त गौशलाका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंह सहित ५ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत भएका छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले सबैलाई समान रूपले सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीहरू भित्र नै  विभेद् रहेमा आलोचनात्मक प्रश्नहरूको सिर्जना हुनसक्छ भन्दै समान राशन सुविधा रहने प्रहरी कर्मचारीहरू भित्र समानता कायम गर्नको लागी संयुक्त मेश निर्माणको अभियान संचालन गरेको जानकारी दिएका छन् । ठूलो संख्यामा रहेका जवानहरु हवल्दार र चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र त्यस कर्मचारीहरूबाट प्रदान हुने सेवा प्रवाह अझ बढी स्तरीय र प्रभावकारी हुने अपेक्षा रहेको उनले बताए ।

प्रहरी कर्मचारीहरूको सेवा सुविधा, वृत्ति विकासलाई ध्यानमा राखी तल्लो वर्गका कर्मचारीहरुको मनोबल माथि उकास्न सके मात्र उनीहरुबाट प्रवाह हुने सेवा प्रभावकारी हुने भएकाले आफूले जवान–हवल्दार लक्षित अभियान संचालन गरेको समेत बताए । उपत्यकाको सबै प्रहरी कार्यालयहरूमा मेश सुधार छिटो भन्दा छिटो सक्ने गरी सबै कार्यालयहरूले सुरु गरिसकेको र अभियान सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरेको कार्यक्रममा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्