बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी



११ फागुन २०७६, काठमाडौं

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

भ्रष्टाचारजन्य कसूरमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै आइतबार (आज) बाँस्कोटाविरुद्ध उजुरी परेको अख्तियार स्रोतले जनाएको छ।

प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाविरुद्ध अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उजुरी दिएका हुन्।

बाँस्कोटाविरुद्ध उजुरी परेको पुष्टि गर्दै अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उजुरी परेपछि अख्तियारको छानविन गर्ने दायित्त्व भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्