महावीर पुनलाई कोरियावासी नेपालीको सहयोग



११ फागुन २०७६, काठमाडौं

कोरियावासी नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ महावीर पुनलाई उन्नाईस लाख एक हजार नौ सय पाँच रुपैया सहयोग हस्तान्तरण गरेका छन्।

शैलेन्द्र प्रधानको संयोजकत्वमा राष्ट्रका लागि नेपाली स्वतन्त्र राष्ट्रिय अभियानद्वारा कोरियावासी नेपालीहरूबीच सहयोग संकलन अभियान चलाईएको थियो ।

अभियानमा संकलित रकम चर्चित संचारकर्मी रबी लामिछानेको रोहोवरमा २०७६ फागुन १० गते महावीर पुनलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्