
११ फगुन २०७६, काठमाडौं
दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५६ पुगेको छ।
आइतबार विहान सार्वजनिक भएको रिपोर्टमा थप १२३ जनामा संक्रमण भएको उल्लेख छ। यस्तै यो भाइरसबाट कोरियामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।
शनिबार विहान सार्वजनिक गरिएको रिपोर्टले संक्रमणको संख्या दोब्बरले बढेको देखाएको थियो। सरकारी अधिकारीका अनुसार कोरियाको चौथो ठूलो शहर डाइगु र छिमेकको अस्पतालमा बढी केश भेटिएको छ।
आइतबार थपिएको १२३ संक्रमित ७५ जना डायगुस्थित सिन्चेओन्जी चर्चमा प्राथर्ना गर्न जानेहरु हुन्।
कोरियाका रोग नियन्त्रण महाशाखाका अधिकारी भन्छन् , अहिले सिन्चोओन्जी का करीब ९ हजार व्यक्ति आफै क्वारेन्टाइन गरी बसेका छन्।
कोरियामा अहिलेसम्म २२ हजार ६३३ जनाको कोरोना परीक्षण गरिएको थियो। सो मध्ये १६ हजार ३८ जनाको रिपोर्ट नेगेटिभ आएको अधिकारीले जनाएका छन्।





