प्रधानमन्त्रीको ‘भिजन टु एक्सन’ विमोचन



१० फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ पुस्तक विमोचन भएको छ।

पुस्तक विमोचन शनिबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको हो।

राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक विमोचन गरे।

आफ्नो ६९ औं जन्मदिनको अवसरमा ओलीले पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तकमा विकास र समृद्धिका विषयवस्तु समेटिएका छन्।

प्रधानमन्त्री ओलीले देश विकाससँगै समृद्ध नेपाल, सुखी नेपालीको सपना कार्यान्वयन गर्नेगरी पुस्तकमा मुख्य चार योजना समेटेका छन्।

कल्पना र कार्यान्वयन, मित्रता र कुटनीती, व्यापार र लगानी तथा काम र श्रम जस्ता विषय पनि पुस्तकमा समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्