तीनकुनेको दूबोदेखि पशुपतिको फूलसम्म चोर्ने हामी नेपाली (भिडियो सहित)



१० फागुन २०७६, काठमाडौं

चिनियाँ राष्ट्रपति सी जीन फिङको भ्रमण अवसरमा तीनकुनेमा रोपेको दूबो नेपालीहरुमध्ये केहिले चोरे ! नेता वा अरुलाई खराब देख्ने हामीलाई आफ्नो स्वार्थमा चोरिएको दूबोले कति पोल्यो ? तर हाम्रो सभ्यता र संस्कृतिको गिर्दो स्तरले हाम्रो चेतनालाई चाहिँ उजागर गर्‍यो ।

महाशिवरात्रीमा यस पटक सजाईएको मन्दिर परिसर निकै भव्य र हेरौं हेरौं लाग्ने थियो । शिवरात्रीको विहान पशुपति क्षेत्रमा पुग्दा गेटहरुम सजाईएको फूलैफूलको सुन्दरताले जो कसैलाई लोभ्याउँथ्यो ।  पूजा गर्न जाने र पूजा गर्न जानेहरु सुन्दर गेटमा आफूलाई राख्न सेल्फी पोजमा रमेका दृष्यहरु निकै आनन्ददायक थिए ।

असभ्यताको पराकाष्टा बढ्दा फूलैफूलले सजिएका पशुपतिका गेटहरु चौबिस घण्टा पनि सुरक्षित रहन सकेनन् । करौडौंको फूलले सजाईएका गेटहरु केही स्वार्थी र असभ्य चेतनाले फिक्का बन्दै गए । सुरक्षा गार्डले गाली गरेको देख्दादेख्दै आँखा छली चोर्नेहरुको समेत कमी देखिएन ।

अझ सुन्दर फूलहरु चोर्न अभिभावकले आफ्ना साना नानीहरु प्रयोग गरेको देख्दा शिवरात्रीमा समेत सत्कर्म होईन् चोर्न सिकाउने बाबुआमाले भविष्यमा उनीहरुलाई कस्तो नागरिक बनाउने होलान् ?

आफ्नो लाज ढाक्न चोर्नेहरु वा चोराउने अभिभावकहरु मन्दिरको प्रसाद लिएको भनेर गर्व गर्लान् तर चोरिएको फूल पशुपतिनाथ मन्दिरको होइन् बाहिर गेटमा सजाईएको हो । अझ दुःख लाग्दो पाटो के देखिन्थ्यो भने सजाईएको गेटबाट फूल चोर्दा त्यसको सोन्दर्यतामा कुरुपता आउँछ भन्ने बुझ्नेहरु नै बढी थिए ।

विद्यालयका बालबालिका मात्र होइन् विश्वविद्यालयका तन्नेरीदेखि बच्चा च्याप्दै गरेका अभिभावक समेत चोरीमा संलग्न देखिन्थे । चोरी गरेको फूलहरु सोही ठाउँमा राख्न लगाउने सुरक्षाकर्मीको आँखा छली फूल लुकाएका दृष्यहरुले चोर्नेलाई भन्दा देख्नेलाई कुरिकुरि लाग्थ्यो ।

फोटोमा हेर्नुहोस् फूल चोरेर कुरुप बनाईएको पशुपति…

प्रतिक्रिया दिनुहोस्