चिनियाँ दु:खमा नेपाली सान्त्वना : निचिफ्स्ले भोलि ५ बजे दीप प्रज्वलन गर्ने



१० फागुन २०७६, काठमाडौं

कोरोना भाईरस विरुद्धको लडाईमा चीन एक्लै छैन नेपाल र नेपालीको पूर्ण साथ रहेको छ भन्ने सन्देश दिन नेपाल चीन हिमालय मैत्री समाज (निचिफ्स् नेपाल) र फाउण्टेन्सको संयुक्त आयोजनामा कोरोना विरुद्धको चिनियाँ लडाईमा ऐक्यबद्धता जनाउन दीप प्रज्वलन गरिने भएको छ ।

निचिफ्स् नेपालका सचिव रिनन् पोखरेलका अनुसार ११ फागुन २०७६ साँझ ५ बजेदेखि ७ बजेसम्म बसन्तपुर डबलीमा दीप प्रज्वलन र कारोना विरुद्धको चिनियाँ लडाईमा हस्ताक्षर गरी चिनियाँ दुवातावासमा बुझाईने कार्यक्रम रहेको छ ।

नेपाल चीन सम्बन्ध हिमाल जस्तै माथि, बिपत्तिमा साथ हाम्रो युगौं युगको साथी भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा नेपालका हिमाली क्षेत्रका सांसदहरु, काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, उपत्यका प्रहरी प्रमुख विश्वराज पोखरेल लगायतको उपस्थिति रहने संस्थाका सचिव पोखरेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्