कार्यदल संयोजक खनाल भन्छन्, ‘एमसीसी बाइबल हो र, परिवर्तन गर्नै नमिल्ने?’



१० फागुन २०७६, काठमाडौं

अमेरिकी मिलेनियम् च्यालेञ्ज [एमसीसी]बारे अध्ययन गर्न बनेको कार्यदलका संयोजक तथा वरिष्ठ नेता झलनाथ खनालले एमसीसी परिवर्तन गरेर मात्रै पारित गर्नुपर्ने बताएका छन्।

अध्ययनको प्रतिवेदन शुक्रबार (हिजो) नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बुझाएपछि संयोजक खनालले यस्तो प्रतिक्रिया दिएका हुन्।

“यहाँ अनेक अफवाह फैलाइएको छ। भएका सम्झौतामा बाझिएका विषय अमेरिकीलाई राखेर छलफल गरे समाधान छ।” पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक खनालले भने, ‘एमसीसी बाइबल हो र, बुँदा नै परिवर्तन गर्न नहुने?

यस्तै संयोजक खनालले कार्यदलले सुधार गर्नुपर्ने बुँदा केलाएर त्यसको विकल्प र उपायसहित सुझाव दिएको पनि बताए।

सत्तारुढ दल नेकपाभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि नेकपा केन्द्रीय कमिटी बैठकले गत १९ माघमा अध्ययन गर्न कार्यदल गठन गरेको थियो।

शुरुमा १० दिनको समय दिइएको कार्यदलले समय नपुगेको भन्दै थप १० दिन समय मागी परराष्ट्रसँग सबै कागजात मगाएर विस्तृत अध्ययन गरेको थियो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्