मुना हत्या प्रकरणको फरेन्सिक रिपोर्ट : ‘विजयले हत्या गर्नुपर्ने कुनै कारण देखिएन’



१० फागुन २०७६, काठमाडौं

पूर्व सविच अर्जुन कार्कीकी श्रीमती मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ।

ललितपुर सानेपास्थित घरमा २४ वर्षीय विजय चौधरीले ४८ वर्षीया कार्कीकी श्रीमती मुनाको हत्या गरेको बताइरहेको प्रहरीले फरेन्सिक रिपोर्टमा विजयले मुनाको हत्या गर्नुपर्ने कुनै स्पष्ट कारण नदेखिएको बताएको हो।

मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाइएको थियो। त्यसको ११ दिनपछि बिहीबार दुवै मोबाइलको रिपोर्ट प्रहरीले बुझेको थियो।

तर, प्रहरीले अहिलेसम्म विजयको मोबाइलको रिपोर्ट मात्र विश्लेषण गरेको बताएको छ।
⇒ पूर्व सचिव कार्कीका घरेलु कामदार मृत फेला, श्रीमती अचेत अवस्थामा
⇒ पूर्व सचिव कार्कीकी श्रीमतीको उपचारको क्रममा निधन [अपडेट]
⇒ पूर्व सचिव पत्नीको हत्या कामदारको संलग्नतामा भएको आशंका [अपडेट]
⇒ पूर्व सचिव पत्नी हत्याको सीसीटिभी फूटेज : कामदारकै संलग्नतामा हत्या [अपडेट]
⇒ पूर्व सचिव पत्नी हत्या प्रकरण : सीसीटिभीमा देखियो, सात पटक हिर्काइएको दृश्य [अपडेट]
‘विजयले प्रयोग गरेको मोबाइलमा हिंसाको उद्देश्य देखाउने र घटनाप्रति लक्षित कुनै संकेत फेला परेन।’ महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘मैले हिजो फरेन्सिक ल्याबको परीक्षण रिपोर्ट पाएको छु। रिपोर्ट सरसर्ती अध्ययन गर्दा विजयले हिंसा गर्नुपर्ने किसिमका गतिविधि त्यसमा फेला परेको छैन।’

उनले विजयको व्यवहार हिंसात्मक रहेको कुनै लक्षण मोबाइलबाट फेला नपरेको बताए। रिपोर्टलाई अझै विभिन्न कोणबाट हेरेर थप विश्लेषण गरिने एसएसपी राईको भनाइ छ।

गत २७ माघमा पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको कोही नभएको अवस्थामा आफ्नै घरका कामदार विजय चौधरीले हत्या गरी आफूले पनि आत्महत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्