‘एमसीसीसँग तर्सेर विवाद भएको होइन’



१० फागुन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्मकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसँग तर्सेर विवाद नभएको बताएका छन्।

गण्डकी प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्न नवलपरासी पुगेका अध्यक्ष प्रचण्डले एमसीसीसँग तर्सेर विवाद नभएको बताउँदै यस विषयमा पार्टीभित्र गहन छलफल भइरहेको बताएका हुन्।

सत्तारुढ नेकपाभित्रै एमसीसीबारे मतभेद देखिएपछि नेकपा केन्द्रीय कमिटी बैठकले सो विषयमा थप अध्ययन गठन गरेको कार्यदलले शुक्रबार (हिजो) प्रतिवेदन बुझाइसकेको छ।

एमसीसी कुनै बाइबल नभएको भन्दै अध्यक्ष प्रचण्डले यसअघि पनि दुईपटक संशोधन भइसकेको बताए। एमसीसीबारे अध्ययन गरेर टुंगोमा पुग्नुपर्ने उनको तर्क छ।

प्रतिक्रिया दिनुहोस्