यथास्थितिमा एमसीसी पारित नगर्न नेकपालाई कार्यदलको सुझाव



०९ फागुन २०७६, काठमाडौं

अमेरिकी मिलेनियम् च्यालेञ्ज (एमसीसी) बारे अध्ययन गर्न बनेको कार्यदलले यथास्थितिमा एमसीसी पारित नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सुझाव दिएको छ।

शुक्रबार (आज) नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझाव दिइएको छ।

कार्यदलले सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाएको हो।

सत्तारुढ पार्टीभित्रै एमसीसीलाई लिएर मतभेद शुरु भएपछि नेकपा केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहने गरी कार्यदल बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्