अध्यक्षद्वयसमक्ष कार्यदलले बुझायो एमसीसी प्रतिवेदन



०९ फागुन २०७६, काठमाडौं

अमेरिकी सहयोग परियोजना मिलेनियम् च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न बनेको नेकपा कार्यदलले प्रतिवेदन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बुझाएको छ।

शुक्रबार (आज) बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेर अध्यक्षद्वयसमक्ष बुझाएको हो।

नेकपा केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्यद्वय भीम रावल र प्रदीपकुमार ज्ञवाली रहेको समिति गठन गरेको थियो।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदलका सदस्य भीम रावलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्