जन्मदिन मनाउन प्रधानमन्त्री आठराई जाँदै



०९ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मथलो आठराई गाउँपालिका जाने भएका छन्।

प्रधानमन्त्री ओलीको ६१ औं जन्मदिन आइतबार हो। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराई सल्ले जाने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

“यसपटक जन्मदिनको सन्दर्भ पारेर तेह्रथुम सल्ले जाने तयारी भएको छ। ११ फागुनको बिहान उहाँ आठराई प्रस्थान गर्नुहुनेछ।” सल्लाहकार थापाले भने।

साविक आठराई गाविसमा जन्मिएका ओली बाल्यकालमा झापा सरेका थिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्