कार्यदलले एमसीसीबारे अध्ययन सक्यो, आजै अध्यक्षद्वयलाई बुझाइँदै



०९ फागुन २०७६, काठमाडौं

अमेरिकी सहयोग परियोजना मिलेनियम् च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेकपाले बनाएको कार्यदलले प्रतिवेदन बुझाउने भएको छ।

शुक्रबार (आज) बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाउने निर्णय गरेको छ।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदल सदस्य भीम रावलले बताए।

“गहन विश्लेषण र विस्तृत अध्ययनपश्चात् प्रतिवेदनको मस्यौदा तयार भएको छ।” सदस्य रावलले भने, ‘तयार प्रतिवेदनको मस्यौदालाई सम्भवतः आज बुझाउँछौँ। त्यसपछि यसका सम्बन्धमा निर्णय गर्नुपर्ने, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गरेपछि होला।’

एमसीसीबारे सत्तारुढ पार्टीभित्रै विवाद बढेपछि थप अध्ययन गर्न नेकपा केन्द्रीय कमिटी बैठकले नेकपा नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्