डिभोर्सपछि पतिले यसरी जलाए सात करोड रुपैयाँ



०९ फागुन २०७६, काठमाडौं

क्यानडाका ५५ वर्षीय एक व्यवसायीले ७र१३ लाख डलर अर्थात् सात करोडभन्दा बढी रुपैयाँ जलाएका छन्।

उनले पत्नीसँगको डिभोर्सपश्चात् आफूसँग भएको पैसा बाँड्न नपरोस् भन्दै उक्त रकम जलाएका हुन्।

ब्रूस मेककोन बिलेले अदालतमा बयान दिने क्रममा आफूले विभिन्न बैंकमा भएका पैसा २५ पटक निकालेर जलाएका थिए।

ब्रूसले आफूले बैंकबाट पैसा निकालेको रकमको रसिद आफूसँगै भएको समेत बताए।

ब्रूसले आफ्नो गल्ती स्वीकार गरिसकेका छन् र उनलाई अदालतले ३० दिनको जेल सजाय सुनाइएको छ।

प्रतिक्रिया दिनुहोस्