बाँस्कोटा अख्तियारको निगरानीमा



०९ फागुन २०७६, काठमाडौं

७० करोड कमिसन प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको छ।

कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि छानविनलाई सघाउन भन्दै बाँस्कोटाले राजीनामा दिएका छन्। यस प्रकरणसँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने खतरा ध्यानमा राख्दै अख्तियारले बाँस्कोटालाई निगरानीमा राखेको स्रोतले जनाएको छ।

बाँस्कोटासँग छिट्टै अख्तियारले बयान लिने तयारी गरिरहेको पनि बुझिएको छ। बाँस्कोटाले राजीनामा दिएपछि उनको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अख्तियारले कब्जामा लिइसकेको छ।

साथै सम्बन्धित निकायसँग सम्पूर्ण विवरण मगाइएको छ। प्रेस खरिद प्रक्रियामा बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडियो बुधबार सार्वजनिक भएको थियो।

अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्